समृद्धि फाइनान्स कम्पनीले विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न गरेको छ। उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा र आगामी रणनीतिक योजनाको बारेमा छलफल गरिएको थियो।
कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृतसहितको उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र सबै शाखाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेका थिए। फाइनान्सले हाल आठ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।
प्रकाशित: १६ माघ २०७९ ०४:०० सोमबार