अर्थ

धुलिखेल आयल स्टोरमा गुणास्तरकाे शिलबन्दी

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले खारेज गरेको पेट्रोल पम्प पुनः आफूखुसी सञ्चालन गरेको भन्दै शिलबन्दी गरेको छ।

कार्यालयले अनुगमनका क्रममा धुलिखेल आयल स्टोरले पुनः सञ्चालन गरेको फेला पारेपछि शिलबन्दी गरेको हो। कार्यालयका प्रमुख शशिभूषण कुमार यादवले नापतौल कार्यालयले रोक्का गरेको पम्पलाई पुनः सञ्चालन गरेपछि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरी आयल निगमबाट तेल रोक्का गरिएको जानकारी दिए।

यस्तै कार्यालयले नापतौलको अनुमति नलिई सञ्चालन गरेको भन्दै भक्तपुर जुजु धौ र भक्तपुर जुजु धौ डेरी उद्योगलाई कारबाही गरेको छ । कार्यालयले उक्त डेरी सञ्चालकलाई तीनदिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ। रासस

 

प्रकाशित: २४ श्रावण २०७३ १०:२५ सोमबार

धुलिखेल आयल स्टोरमा गुणास्तरकाे शिलबन्दी