अर्थ

सिबिआईएल क्यापिटलको अध्यक्षमा काफ्ले नियुक्त

सिबिआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्।

संस्थाको १०५ औं सञ्चालक समितिको बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गरेको हो। नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवर्द्धन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितो-पत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि-म्याट खाताजस्ता लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू संस्थाले गर्दै आएका छन्।

सिबिआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरूको सह-लगानी रहेको छ।  

प्रकाशित: २६ पुस २०७९ ०४:२४ मंगलबार

सिबिआईएल क्यापिटल संस्थाको १०५ औं सञ्चालक समितिको बैठक