अर्थ

घरजग्गामा २ सय ४२ अर्ब लगानी

काठमाडौ-घरजग्गा किनबेच बढेसँगै बैंक तथा वित्तीय संस्थाले घरजग्गा ठूलो लगानी गरेका छन्। चालु आर्थिक वर्ष ७२/७३को पहिलो ११ महिनामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

घरजग्गामा लगानी बढेसँगै नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको मौद्रिक नीतिमा घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति लिएको छ । नयाँ नीतिअनुसार धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाइनेछ । रियलस्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशत कायम गर्नुपर्ने पनि यसमा व्यवस्था गरिएको छ । रियलस्टेट कर्जामा हाल धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था छ । नाकाबन्दीले खस्केको व्यापार नाका खुलेसँगै बढेर निजी क्षेत्रमा पुर्ननिर्माण सम्बन्धित गतिविधी बढेपछि पछिल्ला महिनामा आर्थिक क्षेत्रमा भने सुधार देखिएको छ । पछिल्ला महिनामा पुँजीगत खर्च र बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा प्रबाह बढेको छ । निजी क्षेत्रतर्फ कर्जा १५ प्रतिशतले बढेको हो।

प्रकाशित: ३१ असार २०७३ १४:२७ शुक्रबार

घरजग्गामा ४२ अर्ब लगानी