अर्थ

सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन्।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे।

उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताए। अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए। समयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको उनको भनाइ छ।  

प्रकाशित: २८ मंसिर २०७९ ०७:२६ बुधबार

अर्थमन्त्री जनार्दन शर्मा