अर्थ

१० कराेडमा २ वर्षभित्र बंक–बुडर सडक निर्माण याेजना शुरू

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने कञ्चनपुरको बंकदेखि डडेल्धुराको बुडरसम्मको सडक निर्माण कार्य सुरु भएको छ।


कञ्चनपुरबाट डडेल्धुरा चार घन्टामै पुग्ने छोटो सडकको ट्र्याक खोल्ने कार्य सुरु गरिएको हो। दुई वर्षभित्र पूरै सडकको ट्र्याक खोली सक्ने गरी काम सुरु भएको पूर्व मन्त्री नारायणप्रकाश साउदले बताए। सडक निर्माणका लागि रु १० करोडमा ठेक्का दिइएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका साउदले भने, "चालु आवमै सो सडकको ओदाली खोला र खार खोलामा पक्की पुल निर्माण अगाडि बढाई सकेको छ।" सो सडकको लम्बाइ २५ किमी छ।

यसैगरी, कलुवापुर बेलौरी राजमार्ग कालोपत्रे गर्ने कार्य चालु आवदेखि सुरु हुने उनले जानकारी दिए। कालोपत्रेका लागि रु. ३८ करोडको बजेट अनुमान गरिएको जानकारी दिँदै नेता साउदले भने, "बहुवर्षीय ठेक्का लगाएर सडक कालोपत्रे कार्य सुरु हुन्छ।" रासस

प्रकाशित: ७ वैशाख २०७३ ०२:५१ मंगलबार

१० कराेडमा वर्षभित्र बंक–बुडर सडक निर्माण याेजना शुरू