अर्थ

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।

यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्य्राच कुपन प्राप्त गर्न सकिने जनाएको छ।

कुपन स्क्य्राच गरी २ सय रूपैयाँदेखि ५ सय रूपैयाँसम्म नगद १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री उपहार बापत जित्न सक्ने जनाएको छ। कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउने भएका छन्।

हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्ने स्किम ल्याएको जनाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ ०१:३५ आइतबार

शिवम् सिमेन्टको नयाँ उपहार योजना हातखाली नहुने स्क्य्राच कुपन