प्रवास

वेलायतमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

लन्डन – वेलायतका एक जना नेपालीको मृत्यु भएको छ। उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको हो।

राईको निधन कोरोना भाइरसका कारणले भएको अस्पतालले अनौपचारिक जानकारी दिएको राईको पारिवारीक स्रोतले जानकारी दिएको छ। पारिवारिक स्रोतले भन्यो औपाचारिक रुपमा अस्पतालले केही जानकारी दिएको छैन् तर कोरोनाले मृत्यु भएको जानकारी दिएको हो। मृत्यु हुनुको कारण बारे सोमवार मात्र अस्पतालले लिखित जानकारी दिने भएको छ।

स्रोतका अनुसार उनी यसअघि देखिनै मिगौला सम्वन्धी रोगका विरामी थिए। गत मंगलवार अचानक अस्वस्थ्य भए पछि अस्पताल भर्ना गरिएको थियो। उनी विगतमा २५ दिनदेखि अस्पतातमै बसेर उपचार गराएका थिए।

राई परिवार सहित सन् २००८ मा बेलायत आएका थिए। उनी पूर्वा गोर्खा सैनिक हुन्। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा पछिल्लो समयमा ६ जनालाई कोरोनाको पुष्टि भएको अस्पतालले जनाएको छ

 

प्रकाशित: ८ चैत्र २०७६ १५:५७ शनिबार

कोरोना_भाइरस कोभिड_१९ गोर्खा_सैनिक