प्रवास

टोरोन्टोका नेपाली बालबालिकालाई सकर प्रशिक्षण

टोरोन्टो- टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले आयोजना गरेको चार महिना लामो ‘सकर प्रशिक्षण’आइतबार सम्पन्न भएको छ। ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको यो तालिममा ७ देखि १४ वर्षका ६८ नेपाली बालबालिका सहभागी भए।

खेलकुदमा बालबालिकाको क्षमता विकास होस र नेपाली समुदायको दोस्रो पुस्तामा सम्बन्ध घनिष्ठ होस् भन्ने उदेश्यले यो प्रशिक्षण आयोजना गरिएको क्लबका महासचिव रविन्द्र लम्सालले बताए। प्रशिक्षण मध्ये केहीले व्यावसायिक खेल करियर नै सुरु गर्न सकुन भन्ने हाम्रो उदेश्य हो, लम्सालले भने।

तालिमको आइतवार औपचारिक समापन गर्दै सहभागी खेलाडीलाई ट्रफि प्रदान गरियो। समापन कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, एनआरएनका केन्द्रीय उपाध्यक्ष कुल आचार्य र क्यानडाएनआरएनका अध्यक्ष चिरञ्जीवी घिमिरे लगायतले प्रशिक्षित बालबालिकालाई हौसला प्रदान गरेका थिए।    

प्रकाशित: ४ भाद्र २०७६ ०८:४६ बुधबार

टोरोन्टो_नेप्लिज_स्पोर्टस_क्लब सकर_प्रशिक्षण नेपाली_बालबालिका