प्रवास

मलेसिया खुलाउन पहल गरिरहेको छु, श्रमिकको हितमा काम गर्छु : राजदूत पाण्डे

मलेसिया - मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाली कामदारको हितमा काम गर्ने बताएका छन्। लामो समय राजदूत विहिन बनेको नेपाली दूतावास मलेसियाको जिम्मेवारी सम्हाल्न पुगेका राजदूत पाण्डेलाई स्वागत गर्न गएका जनसम्पर्क समिति मलेसियाका पदाधिकारी सँग राजदूत पाण्डेले मलेसियामा कार्यरत विभिन्न संघ-संस्था सँग सहकार्य गर्दै काम गर्ने बताए।

"श्रमिकको हित मेरो पहिलो प्राथमिकता हो त्यसका लागि मलेसियामा कार्यरत सबै संघ-संस्था सँग सहकार्य गर्दै काम गर्नुपर्छ। मेरा लागि सबै समान हुन् कसैलाई काखा कसैलाई पाखा लगाउने काम म गर्दिन" राजदूत पाण्डेले भने।


राजदूतलाई स्वागत तथा कार्यकालको शुभकामना दिन गएका समितिका पदाधिकारीले १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन पहल गर्न राजदूत सँग आग्रह गरेका थिए। "वैदेशिक रोजगारमा जान/आउने पाउने नागरिकको स्वतन्त्र हक हो। एक परिपक्क र अनुभवी कुटनीतिकको भएकाले श्रमिक आदान प्रदानमा देखिएको समस्या राजदूतज्यू बाट छिट्टै समाधान हुने हामीले विश्वास लिएका छौं" समितिका सभापति चोलाकान्त पंगेनीले भने। 


समितिका सभापति पंगेनीले राजदूत पाण्डेको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाई पाउने विश्वास लिएको बताए। सहमति र सहकार्य आजको आवस्यकता भएको उल्लेख गर्दै उनले समितिले विगतमा पनि दूतावास सँग सहकार्य गरेर काम गरेको र आगामी दिनमा पनि सहमति र सहकार्यमा काम गर्ने जनाए।
त्यस्तै राजदूत पाण्डेले बन्द रहेको मलेसिया रोजगारी खुलाउन आफुले पहल गरिरहेको बताए।

प्रकाशित: १३ चैत्र २०७५ १६:५८ बुधबार

उदयराज_पाण्डे जनसम्पर्क_समिति_मलेसिया मलेसिया_रोजगारी नेपाली_दूतावास_मलेसिया