प्रवास

एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ

काठमाडौ– गैर आवाशीय नेपाली संघ (एनआरएनए)का मध्यपूर्व संयोजक आरके शर्मालाई आज कतार प्रहरीले गिरफ्तार गरेको छ। 

एनआरएनए प्रवक्ता भूषण घिमिरेका अनुसार उनलाई पक्राउ गर्नुको कारण भने खुलाईएको छैन। घिमिरेले प्रवाशी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रम शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण पक्राउ गरेको हुनसक्ने आशंका गरेका छन्। रासस

 

प्रकाशित: ६ कार्तिक २०७५ ११:०१ मंगलबार

एनआरएनए आरके_शर्मा