प्रवास

मिर्गौला पीडित चालिसेलाई पोर्चुगलबाट एक लाख सहयोग

लिस्बन– दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो। 

समाजका सल्लाहकार देवेन्द्र पुन मगरको सक्रियतामा १ लाख ७ हजार पाँच सय ८५ रुपैयाँ संकलन गरी पीडित चालिसेको बैंक खातामा रकम पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिए। 

आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि चालिसेको उपचारमा थोरै मात्र भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी पठाइएको सापकोटाले बताए।

पीडित चालिसेको राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंमा उपचार भइरहेको छ। हाल डायलाईसिस गराई रहेका चालिसेको मिर्गौला प्रत्यारोपणका लागि अन्य मुलुकहरुमा समेत सहयोग सकंलन भइरहेकोे सापकोटाले बताए। 

प्रकाशित: २९ भाद्र २०७५ १४:०८ शुक्रबार

सहयोग मिर्गौला_पीडित पाेर्चुगल