टोकियो- अप्रिल १४ र १५ तारिखमा जापानको फुकुओका शहरमा हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रम संयोजक पुरुषोत्तम सिग्देलका अनुसार यस पटक आयोजना हुने नेपाल फेस्टिभलले क्युस्युबासि जापानी नागरिकहरूलाई नेपाल भ्रमणका निमित्त आकर्षित गराउँदै, नेपाली कला संस्कृतीलाई जापानी समुदाय माझ परिचित गराउनु हो।
२०११ देखी जापानको दक्षिण क्षेत्रको फुकुओका सहरमा बैशाकी मेलाका रुपमा संचालन हुदै आएको मेला यस पटकदेखी नेपाल फेस्टिबल नामाकरण गरिने समेत सिग्देलले जानकारि दिए।
फुकुओका नेपाल सोसाईटी र एनआरएन क्युस्यु को संयुक्त आयोजनामा हुन लागेको फेस्टिबलमा नेपाली कला,संस्कृति र भौगोलिक तथा सांस्कृतिक बिबिधताहरुलाई जापानीज माझ आकर्षक ढंगले प्रस्तुत गरिे नेपालको पर्यटन बिकासलाई समेत मद्धत पर्याउन सकिने बिश्वास आयोजकले लिएको छ।
लाखे नाच , देउडा नाच ,तामाङ्ग तथा गुरुगं सांस्कृतीक झाकी, पञ्चे बाचा हिन्दु धर्म बैबाहिक समारोहको नाटकीय रुपान्तरण आदी फेस्टिभलका प्रमुख आकर्षण हुनेछन्। फुकुओका तेन्जिन चिउओकु कोउएनमा हुने यो मेलामा नेपाली परिकार रेमिटान्स र टा्रभल एजेन्सिका बिभिन्न ३६ स्टल राखीने छ । आयोजक फुकुओका नेपाल सोसाईटी तथा एनआरएन क्युस्युले आफुले काम गर्ने जापानीज कम्पनीका सम्पूर्ण जापानीज समक्ष नेपाल फेस्टिभल बारे जानकारी दिन समेत फुकुओका बासि नेपाली लाई आग्रह गरेको छ।
प्रकाशित: १९ चैत्र २०७४ ०७:३८ सोमबार