प्रवास

जापानमा मेयर, उपमेयरको अन्तर्क्रिया

टोकियो- जापान भ्रमणमा रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरपालिकाकि उपमेयर हरिप्रभा खड्गीसंग जापानमा रहेका नेपालीहरुले अन्तर्क्रिया गरेका छन्।
जापान सरकार वातावरण मन्त्रालयको निमन्त्रणामा टोकियो आएका मेयर महर्जन र उपमेयर खड्गीसंगको अन्तर्क्रियात्मक कार्यक्रमको चाँजो नेपाली जनसम्पर्क समिति जापानले मिलाएको हो। मंगलबार टोक्योस्थित नेपाली मुरा हल सोलमारीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मेयर महर्जन र उपमेयर श्रेष्ठले जापानको प्रविधि र विकास लाई नेपालमा भित्र्याउन सकेमा हाल नेपालमा बढ्दो वातावरणीय प्रदुषणलाई नियन्त्रण गर्न सकिने कुरामा जोड दिंदै सो कार्यका लागि जापानबासी नेपालीहरुले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्न आग्रह गरे।

नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए–आईसीसी) सदस्य महेश कुमार श्रेष्ठ, एनआरएनए–आईसीसी सल्लाहकार कपिल देव थापा, नेपाली काँग्रेस महासमिति सदस्य चिरन्जिवी थापा, नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति बलराम श्रेष्ठ, नेपाली जनसम्पर्क समिति जापानका प्रवक्ता सुरेश गिरी, नेवाः फोरमका सुनिल शाक्य, नवलपुर–नवलपरासी समाजका अध्यक्ष सागर कँडेल लगायतले मन्तब्य राखेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापान, कान्तोका संयोजक एकेन्द्र थापाले स्वागत मन्तब्य राखेका थिए भने नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीले कार्यक्रम संचालन गरेका थिए।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०९:४६ शुक्रबार

जापानमा मेयर उपमेयरको अन्तर्क्रिया