प्रवास

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका

लण्डन- पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्। वेलायत सरकारको औपाचारिक भ्रमणमा आएका पराजुलीको हातबाट लन्डनस्थित हन्स्लोमा जम्मा भएका नेपालीहरुले टिका ग्रहण गरे।

शुक्रवार टकाकट रेष्टुरेन्टमा आयोजित टिका ग्रहण कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा बहादुर सुवेदी लगायतले टिका ग्रहण गरेका थिए।

यसअघि पराजुलीको सम्मानमा नेपाली दूतावास लण्डनले एक विषेश समारोहको आयोजना गरेको थियो।

 

पराजुलीले यही ३ अक्टोबरमा बेलायती लर्ड चिफ जस्टिससंग भेट्ने कार्यक्रम छ । उनले सो भेटमा नेपाल र ब्रिटिश सरकारबीच कानुनी क्षेत्रमा सहयोग आदानप्रदानबारे कुराकानी हुने बताएका छन्।

 

प्रकाशित: १५ आश्विन २०७४ १०:२१ आइतबार

प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका