प्रवास

एनआरएनए महासचिवमा पुनः बद्री केसीले उम्मेदवारी दिने

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन।

आगामी अक्टोवरको दोस्रो साता काठमाडौंमा हुने संघको आठौं अन्तराष्ट्रिय महाधिवेशनमा केसीले पुनः उम्मेदवारी दिन लागेका हुन्।

वर्तमान कार्यसमितिका महासचिव डा.केसीले शनिवार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालको लागि सोही पदमा उम्मेदवारी घोषणा गरेका छन्।

 केसी अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत नीति निर्माण समिति कार्यदलका अध्यक्ष समेत हुन्।  

यसअघि उनले संघको केन्द्रिय  कोषाध्यक्ष, राष्ट्रिय समन्वय परिषद रसियाको महासचिव हुँदै, अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको रुपमा काम गरेका थिए।

डा. केसीले विज्ञप्ति मार्फत संघको सचिवालयलाई मजबुत र साधन सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा हरेक देश र क्षेत्रका भिन्नभिन्न समस्याहरु छन, यिनको समाधानको लागि महासचिव पदमा रहेर आफ्नो दुई बर्षको कार्यकालमा गर्न नभ्याएका थुप्रै कामलाई फेरि महासचिव भएर अन्तिम टुंगो लगाउने उल्लेख छ। उनले संस्थाको सङ्ख्यात्मकसंगै गुणात्मक विकास हुनु पर्नेमा जोड दिएका छन्। 

 

प्रकाशित: १५ आश्विन २०७४ ०८:३३ आइतबार

एनआरएनए महासचिवमा पुनः बद्री केसीले उम्मेदवारी दिने