प्रवास

स्याङ्जा सहयोग समाज युएईको अध्यक्षमा गैरे

युएई - स्याङ्जा सहयोग समाज युएईको अध्यक्षता खगेन्द्र गैरे निर्वाचित भएका छन्। 

शुक्रबार दुबईमा भएको चौथो अधिबेशनले खगेन्द्र गैरेको अध्यक्ष नयाँ कार्य समिति चयन गरेको  हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा हरि डुम्रे, उपाध्यक्षमा राजु केशी र प्रेम भण्डारी चयन भएका छन ।

त्यस्तै महासचिवमा ओमकार पोख्रेल, सचिवमा पर्शुराम भण्डारी र प्रकाश ढकाल, कोषाध्यक्षमा डिल्ली राज न्यौपाने, सह- कोषाध्यक्षमा जिबन प्रसाद पाठक र प्रवाक्तामा मनु क्षेत्री रहेका छन।

समाजको सदस्यहरुमा मित्र लाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदीप भट्टराई, यमनसिङ राना भाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे,वीर बहादुर थापा, मिना कुमारी गैरे र अर्जुन न्यौपाने रहेका छन ।

देश तथा विदेशमा रहेका नेपालीहरुको समस्यालाई हामी हल गर्दै आईरहेका छौ नव निर्वाचित अध्यक्ष गैरेले नागरीक न्युज संग भने अब पनि सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

समाजले आफ्नो जिल्लाका विद्यालयहरुमा कम्प्युटर शिक्षाको लागि कम्पुटर वितरण तथा बृद्रा आश्रममा आर्थिक सहयोग लगातका थुप्रै कामहरू समेत गर्दै आईरहेको छ।

 

प्रकाशित: ७ जेष्ठ २०७४ १४:३० आइतबार

स्याङ्जा समाज युएईको अध्यक्षमा गैरे