प्रवास

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

लन्डन– नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्। जम्मा खसेको १०७२ मत मध्ये सीताले ६ सय २१ र माधवले ४ सय १६ मत प्राप्त गरेका थिए । 

निर्वाचन समितिका संयोजक इन्द्र क्षेत्रीका अनुसार वरिष्ठ उपसभापति, देवेन्द्र शर्मा देवु, उपसभापति, कमल सिटौला, नरहरि सापकोटा, महिला उपसभापति दिलमाया शर्मा पौडेल, महामन्त्री दिनेश भण्डारी, सुवास गुुरुङ, सहमहामन्त्री धर्म पाठक, कोषाध्यक्ष बिराट जोशी निर्वाचित भए। 

सदस्यहरूमा ब्रसेल्सबाट केशव सापकोटा, पार्वता शर्मा, राजु थापा, वेष्ट भ्लान्दरेनबाट पूर्ण तिमल्सिना रविन पण्डित, राजेन्द्र शर्मा, एण्टर्वेपेन उल्का घिमिरे, जोगमान तामाङ, दामन तामाङ, विजय मल्ल, राधा प्रधान, लुभेनबाट गीता पुडासैनी, जुमकाजी भाइथेवा, जगदीश सापकोटा, रैना बस्नेत, सुवर्णा अधिकारी निर्वाचित भए। 

दुई प्यानलमा भएको निर्वाचनमा दुबै महामन्त्री र एक उपसभापति माधव पक्षको र अरू बहुमत सदस्यसहित सीता सापकोटाको नेतृत्वमा रहेको प्यानलले जितेको छ। सीता बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छिन्। माधव पार्र्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

प्रकाशित: १ चैत्र २०७३ १४:०२ मंगलबार

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित