प्रवास

‘ठमेल बजार’मा तान्जेनियाली कलाकारको प्रस्तुति (भिडियो)

दार ए सलाम— निश्चल बस्नेत निर्देशित चलचित्र लुट–२को आइटम गीत ठमेल बजार पछिल्लो समय हिट छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको क्षेत्रीय बैठकका लागि दार ए सलाम भेला भएका नेपालीले समेत ठमेल बजार अाइटम गीतमा नृत्यको आनन्द लिए।

शनिबारदेखि सुरु भएको बैठकका लागि भेला भएका नेपालीलाई आयोजकले तान्जेनियाली कलाकारको प्रस्तुतिमा नेपाली गीत पस्केका हुन्।

शनिबारदेखि सुरु भएको बैठकमा भेला भएका नेपालीलाई आयोजकले तान्जेनियाली कलाकारको प्रस्तुतिमा नेपाली गीत पस्केका हुन्।

अाेरिजिनल गीतमा अलिशा राईको आइटम डान्स रहेको छ। आशिलालाई सौगात मल्ल, दयाहाङ रार्य, कर्मा शाक्य, ऋचा शर्माले लगायत कलाकारले साथ दिएका छन्।

अफ्रिकन कलाकारहरुलाई नेपाली गीतमा प्रस्तुति दिन गाह्रो परेको थियो। नृत्यका लागि निकै लामो समयसम्म रिहर्सल गरेर उनीहरुले लुट २ को ठमेल बजारमा तयारी गरेको एनअारएनए तान्जानियाका अध्यक्ष रोशन थापाले बताए।

भिडियो

प्रकाशित: १० पुस २०७३ ०८:०४ आइतबार

ठमेल बजारमा तान्जेनियाली कलाकारको प्रस्तुति भिडियो