ब्लग

खै सडकपेटी?

आज अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदैछ। नेपालमा पनि सन् १९९३ बाट यो दिवस मनाउन थालिएको हो। अपांगता भएका व्यक्तिहरूले दिनहुँ सामना गर्नुपर्ने समस्याप्रति ध्यानाकर्षण गर्ने यसको मूल उद्देश्य हो।
भौगोलिक र त्यसभन्दा पनि बढी सामाजिक अवरोधले अपांगता हुनेहरूलाई सामान्य क्रियाकलापमा अप्ठेरो बनाउँछ। भौगोलिक अप्ठेरो हटाउन धेरै समय र खर्च लाग्छ। मानव निर्मित संरचना भने सजिलै अवरोधमुक्त बनाउन सकिन्छ। नेपाली नीति निर्मातामा चाहिँ यति पनि ज्ञान भएको देखिएन।
आज म हिँडेको सडकमा सामान्य बैसाखी टेक्ने व्यक्तिलाई पर्ने अप्ठेरोका उदाहरण तस्बिरसहित प्रस्तुत गरेकोछु ।
CJ1
प्रधानन्यायाधीश निवासअगाडीको सडकपेटी।
cj2
प्रधानन्यायाधीश निवासअगाडीको सडकपेटी।
 
 
म आज गोंगबु आवास क्षेत्रबाट पैदल रानीबारी चोक हुँदै लाजिम्पाट निस्केर बालुवाटार गएको थिएँ। प्रधानन्यायाधीश र प्रधानमन्त्री निवासअगाडिको पेटीमा सामान्य मानिससमेत सजिलै हिँड्नै सक्तैन।
thirbam1
ह्विलचेयर मात्र होइन, पैदल हिँड्नेलाई समेत अप्ठेरो पर्ने प्रधानमन्त्री निवास बालुवाटारअगाडिको सडकपेटी।
 
thirbam2
सानो भारी बोक्नेलाई समेत हिँड्न मुस्किल पर्ने प्रधानमन्त्री निवास बालुवाटारअगाडिको सडकपेटी।
 
thirbam3
पार्किङ पनि यहीँ ? प्रधानमन्त्री निवास बालुवाटारअगाडिको सडकपेटी।
 
प्रधानमन्त्री निवासदेखि राष्ट्रपति निवाससम्म जाने बाटो पनि पैदल हिँड्न अप्ठेरै रहेछ। सडकपेटी घरवालाले बिगारेका छन्। सडक बिगार्नुभन्दा त तिनले हटाउन मिल्ने र्याटम्प बनाएका भए हुने नि। सरकारी निकायले वास्ता नगरेपछि सार्वजनिक सडकपेटी व्यक्तिगत सम्पत्ति बनाए। सरकारी संरचना र सवारी पार्क गरेर पनि पैदल यात्रुलाई नै सास्ती दिइन्छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशका आँखा यता कहिल्यै नगएका हुन् कि तिनले मामुली मान्छेका समस्या ठानेर बेवास्ता गरेका हुन् ?

प्रकाशित: १७ मंसिर २०७१ ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App