एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जनकपुर धाम रहेको धनुषा जिल्लाबाट चुनाव लड्ने बताइरहेका छन्। चुनावको महोल तातिरहेको बेला उनी पटक पटक मधेस पुगिरहेका छन्। जनकपुर पनि आएका छन्। धार्मिक पर्यटनको सम्भावना बोकेको यो ठाउँमा कला भए पनि दुर्गन्धले ती सबैलाई छोपिदिएको छ। यहाँका सडक हिँड्दा लाग्छ सरसफाई गर्नु पाप हो।
राष्ट्रपति डा. रामवरण यादवको गृह जिल्ला धुनषामा विकासको पूर्वाधारमात्र नभएर सामाजिक आत्मियता समेत देख्न पाइन्न्। यहाँ वरपर भेटिने ७२ पोखरीमा दुर्व्यसन भेटिनु नयाँ कुरा होइन। पोखरीलाई लिएर जातीय कुरा उठ्ने गरेको छ । सानो जाति हुनु भनेको पाप गरेबराबर!
पछिल्लो पटक नेपाल सरकारले न्युनतम सर्त र कार्यसम्पादन मापदण्ड अनुगमन यस क्षेत्र ७५ औ स्थानमा रहेको छ। एक सय एक र एक नगरपालिका परिषदले विनियोजन गरेको बजेट खर्च गर्न असफल भएका छन्।
भेटमा जिल्ला प्रहरी कार्यलयका एसपी उत्तम सुवेदीले जनताको काम गर्न नसकेका सम्बन्धित कार्यालयको काम लिएर मानिस प्रहरी कार्यलय आउन थालेको बताए। देशको विभिन्न ठाँउमा लैजान भित्र्याइने ड्रक्स अहिले यहाँका युवाहरुले प्रयोग गर्छन्। भारतको बिहारलाई नितेशकुमारले परिवर्तन गरे पनि वारिको मिथिला क्षेत्र पिछडिएको छ। अपराधिक गतिविधिमा प्रयोग हुने अधिकांश सुटर र अपराधीहरु ड्रक्स खाएर लठिएको अवस्थामा पक्राउ पर्ने गरेका छन्।
अभिभावक मेरो छोरो ड्रक्सले बिग्रियो समातिदिनु पर्योन भन्दै चौकी धाउँछन्। गाँउमा दुर्व्यसनीको संख्या अझ बढी छ। रोजगारी गर्न जान नसकेपछि केटाहरुको संगतमा लागेपछि गाँजा खाएर काम गर्न बाध्य छन्। एकपटकमा सिमाबाट ड्रक्स ल्याउँदा तीन हजारदेखि पाँच हजारसम्म पाइन्छ।
हालै धनुषाका एलडिओ गुरु सुवेदी समेत कमचारीतन्त्रबाट आश्र्चयमा परेका छन्। पन्ध्र वर्ष अघिसम्म यहाँ पक्की सडकमा हिँड्न पाइन्थ्यो। बजार व्यवस्थित हो कि जस्तो लाग्थ्यो। अहिले दृश्य फेरिकए अर्कै भएको छ। ४ महिनाअघि सरुवा भएर आएपछि यहाँ एउटा नगरपालिका र १०१ गाविसमा कार्यरत कर्मचारीहरु कही नबिकेर आएका भेटिए। एलडिओ अफिसका कार्यरत १८ जना कर्मचारीहरु अख्तियार धाइरहेका छन्। 'एलडिओले अख्तियारको जवाफ लेख्दालेख्दै आधा दिन बित्छ। यहाँ कति भ्रष्टाचार र अनियमितता होला यही तथ्यबाट अनुमान लाउन सकिन्छ।
कर्मचारी र राजनीतिकमा संलग्न व्यक्तिहरुको बदमासीले धनुषा बद्नाम छ। जिविसिको दुई वर्षदेखि लेखापरीक्षण समेत भएको छैन। ठाउँ र चेतनाको विकास हुन मिक्स कम्युनिटी चाहिने कुरा धनुषाबासी मान्न तयार छैनन्। काम गर्ने युवा विदेशमा छन्। जिल्लामा भएकाहरुले रोजगारको अवसर नपाएपछि पार्टी र दुव्र्यसनको बाटो पच्छ्याएका छन्।
आफन्त भित्रै मन मिलाप छैन्। एउटै घरधुरी जोडिएर बसे पनि एकले अर्काको उन्नति देख्न सक्दैनन्। सानो रुखको हाँगा अर्काकोमा गएको भरमा धेरै झगडा भएका उदाहरण छन्। सानो समस्याका लागि अदालतमा मुद्दा पर्छन्। खाडी मुलुकमा कामदार पठाएर धेरै रेमिट्यान्स भित्रयाउने यो जिल्लामा गरिबी र अशिक्षाले सताएको छ। हो, मिसमासे समाज बढी गतिशील हुन्छ। प्रगतिउन्मुख हुन्छ। तर पछिल्लो समयमा यहाँ मधेसी र पहाडेको विभाजन व्याप्त छ। त्यही विभाजनले जनकपुर पछाडि परिरहेछ।
प्रकाशित: १७ भाद्र २०७० ०३:३१ सोमबार