कला

जातीय छुवाछुतविरुद्ध बनेको चलचित्र ‘निरमाया’ को गीत सार्वजनिक

रमेश कोइराला निर्देशित चलचित्र ‘निरमाया’ को  ‘मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ।

धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत रहेको छ भने भिडिओमा जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेललाई देख्न सकिन्छ।  

‘परिवर्तन आफैंबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ निर्माण गरिएको ‘निरमाया’ चलचित्रमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, श्याम केसी, विष्णु रोका, अप्सरा अधिकारी, रामबाबु रेग्मी, दिपक अधिकारीलगायत कलाकारहरुले अभिनय गरेका छन् यो चलचित्रको कथा रामकुमार केसी र अजित लामिछानेले तयार पारेका हुन्।

चलचित्रको कार्यकारी निर्माता महेश तिमल्सिना हुन्् भने निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्।  

रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको चलचित्रलाई उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।  

मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र सिन्धुली, काभ्रे र रामेछापमा छायांकन गरिएको हो।

प्रकाशित: १९ कार्तिक २०७९ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App