कला

चलचित्र 'प्रेमगन्ज' जर्मनी लगाएत ४४ देशमा एकसाथ प्रदर्शन हुने

चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ।

अहिलेसम्मको नेपाली चलचित्रको इतिहास हेर्ने हो भने धेरै चलचित्र विदेशमा प्रदर्शन त भएका छन। तर नेपालीले नेपाली कम्युनिटीमा नै व्यक्तिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ।

तर अब प्रेमगन्ज भने सार्वजनिक रुपमै विदेशी चलचित्र सरह विदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिइहास मै पहिलो पटक हो। प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा प्रदर्शन हुने छ।

चलचित्र प्रेमगन्जलाई जर्मनी अवस्थित   lokah film intertaiment ले युरोप प्रदर्शन गर्दै छ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो।

प्रकाशित: ८ श्रावण २०७९ ०५:३४ आइतबार

चलचित्र प्रेमगन्ज