कला

रामा यादव पत्रकारिता पुरस्कार पोखराकी श्रेष्ठलाई

रामा यादव पत्रकारिता पुरस्कार पोखरामा कार्यरत पत्रकार अनिषा श्रेष्ठलाई दिने घोषणा गरिएको छ।

गत वर्ष वैशाख २८ दिन कोरोना संक्रमणले मृत्यु भएकी रामादेवी यादवको स्मृतिमा रामा यादव पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो। मृतक यादव रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनको संस्थापक थिइन्।  

जयरामा मिडिया प्रालिद्वारा गौरमा यादवको पहिलो वार्षिक पुण्यतिथिको अवसरमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रालिका अध्यक्ष जयप्रकाश यादवले उक्त पुरस्कारको घोषणा गरेका हुन्।पुरस्कारको राशी २६००१ रुपैया रहेको जनाइएको छ।  

पुरस्कृत अनिषा श्रेष्ठ पोखरामा सिटि वन टेलिभिजनमा कार्यरत छिन्। श्रेष्ठ स्वास्थ्य लगायत विभिन्न क्षेत्रको रिपोर्टिङ निरन्तर गरिरहेको आयोजकले जनाएको छ। हरेक प्रदेशबाट महिला पत्रकारको नाम सिफारिश भइआएको र निर्णायक समितिले श्रेष्ठलाई पहिलो पुरस्कार दिने निर्णय गरेको जनाइएको छ।

स्थानीय तहको चुनावको मुखमा नै वार्षिक पुण्य तिथि परेकोले केही समयपछि संघीय राजधानी काठमाडौँमा कार्यक्रमको आयोजन गरी पुरस्कार हस्तान्तरण गरिने पुरस्कार संस्थापक जयप्रकाश यादवले जानकारी गराएका छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०३:४१ बिहीबार

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठ