कला

बन्धनको सिक्री चुँडाल्नुपर्ने बेला

गजल

ऊ कति कति निराश भनी साध्य छैन,

ऊ धेरैधेरै उदास भनी साध्य छैन।

यो युग हो कलिको ज्यूहजुरी गर्ने,

छ कति जिउँदो लास भनी साध्य छैन।

फोरेर पहाड ठूला बाटो बनाउँदैछ,

विकासको सट्टा विनाश भनी साध्य छैन।

बन्धनको सिक्री चुँडाल्नुपर्ने बेलामा,

कहाँ छ र खुला आकाश भनी साध्य छैन।

प्रकाशित: १७ पुस २०७८ ०८:४४ शनिबार

अक्षर