कला

स्थापना भयो सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र

कोरोना १९ महामारीका कारणाा दिवंगत भएका  साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकार तथा बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धिश्वरमान श्रेष्ठको नाममा साहित्यिक संस्था स्थापना भएको छ। शनिबार श्रेष्ठको नाममा  सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र स्थापना भएको हो।

नेपाल बुद्धिजीवी परिषदका उप महासचिव समेत रहेका सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका लागि भेलाले चयन गरेको कार्यसमितिमा  सल्लाहाकारमा लक्ष्मण कुँवर र डा मनोजकुमार थापा चयन भएका छन्। त्यस्तै भेलाले संरक्षकमा डा सावित्री श्रेष्ठ, अध्यक्षमा स्वजन स्वराज शाक्य, उपाध्यक्षमा डा केदारनाथ रन्जित, महासचिव जितेन्द्र रसिक, सचिवमा चन्द्रबहादुर केसी, कोषाध्यक्षमा स्वर्णिमा श्रेष्ठ र सदस्यहरूमा क्षितिज श्रेष्ठ, उषा केसी, प्रकाशलाल श्रेष्ठ र कमल सुवेदी चयन गरिएको हो।  

श्रेष्ठ निवास काठमाडौंमा भेला भएका साहित्यकार तथा प्राध्यापकहरूले साहित्यकार प्राध्यापक, साहित्यिक पत्रकार समेत रहेका श्रेष्ठले नेपाली साहित्य र शिक्षामा पुर्याएको योगदानलाई निरन्तरता दिनुका साथै साहित्यिक गतिविधि सञ्चालन गर्ने र अक्षलोक साहित्यिक पत्रिकालाई नियमित प्रकाशन गर्ने तयारी गरिएको छ।

केन्द्रले सिद्धिश्वरमान स्मृति पुरस्कार कोषसमेत स्थापना गरेको छ। हरेक वर्ष साहित्य र साहित्यिक पत्रकारितामा योगदान गरेका सर्जकलाई उक्त पुरस्कार प्रदान गरिने पनि केन्द्रले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८ ११:३२ आइतबार

सिद्धिश्वरमान स्मृति पुरस्कार साहित्यिक पत्रकार