कला

हिन्दी गीतमा स्मिताको स्वर, भारतीय मोडल अर्जुन बिज्लानीसँग भिडियो

नेपाली गीतसंगीतमा आफ्नो स्वरले राम्रो स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा स्वर दिएकी छिन्।

'इबादत बन गए हो' बोलको हिन्दी गीतमा स्मितालाई शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन्।

गीतको भिडियोमा स्मिताको साथमा भारतीय अभिनेता अर्जुन बिज्लानी फिचर रहेका छन्। गीतको भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका छन्।

प्रकाशित: १८ भाद्र २०७८ ०८:३३ शुक्रबार

भारतीय मोडल अर्जुन बिज्लानी