कला

काँडैमा छ मीठो

गीत

 रमेशजङ्ग सिजापति

 

अब यात्रापथमा फूलैफूल बिछ्याए  पनि,  

औंसीको  रातमा जूनतारा  हेर चम्काए पनि।

सकिँदैन गन्तव्य  मोड्न  भो अब यात्रालाई,        

जीवन यात्रा  हो सकिँदैन मोडन अबलाई।  

 

जो भयो शुभारम्भ यात्राको तुर्नु छ शिखरमै,

अठोट संकल्प छ यात्राको हाँस्नु छ गौरवमै।

क्षणिक न हो सुखसैलल भन्ने यति बुझ्नुपर्छ,

यात्रामा  सफलता पाउन  जङ्घार  तर्नै पर्छ।

 

यो यात्रा स्वीकार्य छ मलाई मोड्न सकिँदैन,  

जीवन आफूमा  निर्भर  छ  मोडन सकिँदैन।

मलाई यात्रा काँडैमा छ मीठो फूलै त चाहिन्न,

जो गन्तव्य ठिक छ मलाई  जूनै त चाहिन्न।

प्रकाशित: ३१ असार २०७८ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App