कला

बोल्न दिनुपर्छ, बोल्दैमा के फरक पर्छ?

मुक्तक

चिरञ्जीवी ढकाल     

 

              १)

पक्कै यो अवगुण मेरो,खानदानी हुनुपर्छ,

तिनै पुर्खाबाट सरी आएको,बानी हुनुपर्छ।

आज त आगै लगाउँछु,भनेर दन्किन्छु तर,

बल्न नपाउँदै  मेहफिलमा, पानी हुनुपर्छ।

               २)

बोल्न  दिनुपर्छ, बोल्दैमा के फरक पर्छ?

दुश्मनको  मुटु, पोल्दैमा के फरक पर्छ?

कहिले पो अमृत थियो,दक्षिण कुण्डमा?

त्यस्मा थोरै विष,घोल्दैमा के फरक पर्छ?

             ३)

थाहा छैन म कस्तो, सफरमा छु आज,

नढाँटेर भन्दा थोरै, डरमा छु आज।

पाएँ निम्तो कान्तिपुरी,नगरीकी उन्को,

कहिल्यै  नपाएको, अफरमा छु आज।

              ४)

भित्र उस्तै बाहिर उस्तै, उम्लेको पानीजस्तो,

यस्तो बनाउँछ छटपटी,अहिल्यै जानीजस्तो।

तिमी  भने  जरो  गाडेर,  बस्छौ परदेशमा,

साँचेर जवानी, बुढेसकालमा खानी जस्तो।

              ५)

तिम्रो भाकाको पनि,अन्तिम दिन आज,

बसेथेँ गनीगनी,  अन्तिम दिन आज।

च्यात्दैछु सम्बन्धको,क्यालेन्डर के गरूँ,

रैछौ  निष्टुरी  भनी, अन्तिम दिन आज।        

प्रकाशित: ३१ असार २०७८ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App