कला

बन्दुकको गोली हो कि जीवन

गजल

शुक्रऋषि चौलागाई  

 

बन्दुकको गोली हो कि जीवन,

बगी जाने खोली हो कि जीवन।

           कुशल ढंगले सजाइएको त्यो,  

           फूलको डोली हो कि जीवन।

विवशतामा सडकमाझ हिँड्ने,  

भिखारीको झोली होकि जीवन।

          जिउन नजाने उजाड –उजाड,

         विधुवाको चोली होकि जीवन।

जजसले जेजे भने पनि,  

अनिश्चित्त भोलि हो कि जीवन।

प्रकाशित: ३० असार २०७८ ०८:२१ बुधबार

अक्षर