कला

आउ खेलौं साथी

बालकविता

  ज्ञानेन्द्र शर्मा

 

गृहकार्य सकेर आउ साथी खेल्न आउ,

हामी सबै मिलेर माथितिर खेल्न जाउँ।

 

टालाटुली बटुली, पुतलीलाई बनाउँला

ढुंगा टिपी बाटाको १, २, ३, ४ गनौंला।

 

मौरीजस्तै फुरुरु, उड्ने हो कि भुरुरु ?

कमिलाको ताँतीझैं हिँड्ने हो कि लुरुरु?

 

जन्ती बनी खेल्ने कि? जनावर पो बन्ने कि ?

खोलानाला बनाई , ईनार पो खन्ने कि?

 

घर जाने बेला भो, देखिएछ जुनकिरी,

साँझ परिसकेछ, कराएछ झ्याउँकिरी।

 

आकाशमा तारा आए, अब घर जाने हो,

हात धोई घरमा, मिठो खाना खाने हो।

            (प्रिन्सिपल)

सयपत्री मावि, सुन्दरबजार, लमजुङ।

प्रकाशित: ३० असार २०७८ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App