कला

घर

बालकविता

  कमला घिमिरे

 

शहरमा ठूलाठूला गाउँमा सानासाना, 

आवश्यकता अनुसार घरका आकार अनेकन ।  

 

धनीका घर  ठूलाठूला  गरिबका साना,

त्यहीँ सानो घरमा पनि कति धेरै माया।

 

बाबाआमा, दाजुभाइ, दिदीबहिनी सबै,

हजुरबुबाहजुरआमा  रिसाउन्नन्  कवै (कहिल्यै )।

 

त्यै  घरमा  मेरा आफ्ना सबै सदस्यले,

निस्वार्थ माया बाँड्छौँ आफ्ना दायित्वले।

 

दिनभरि काम काजले जहाँ पुगे पनि,

फर्की आउँछौ साँझ हामी आफ्नो यही हो भनी।

 

घामपानी, अन्य सबै जोखिमहरूबाट,

जोगाँउछ  मेरो घरले धेरै किसिमबाट।

 

सानो –ठुलो जस्तो नै होस् मिलिजुली बस्छौं,

सदस्यको उमेर अनुसार माया, सद्भाव बाँड्छौँ।

प्रकाशित: २८ असार २०७८ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App