कला

आदिकवि भानुभक्त आचार्य

समय सन्दर्भ

 

सरिता तुलाधर 

 

बुबा धनन्जय आचार्य  माता धर्मादेवीको कोखबाट जन्मेको आदिकवि भानुभक्त आचार्य  नेपालको ध्रुवतारा बन्न पुगे । नेपालीको ढुकढुकी हुन पुगे । आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार  २९ गते चुँदी , रम्घा , तनहुँमा जन्मेको हो।

आदिकवि भानुभक्त आचार्यले बाजे श्री कृष्ण आचार्यबाट शिक्षा  पाएको हो । उहाँको जीवन घाँसी जीवन थियोे । घाँस काटेर नै पार्टी पौवा बनाउने उहाँको इच्छा थियो र यसैबाट  आफ्नो नाम कमाउने प्रेरणा जाग्यो ।

नेपाली वाङ्ग्मयमा धेरैभन्दा धेरै  विषय अन्तर्गत साहित्य रचनाबाट नेपालको राष्ट्रिय  विभूतिबाट पनि सम्मानित भएका थिए। आदि कवि भानुभक्त आचार्य शव्द सागरको पनि महासागर हो । जति उघारे पनि कहिले नसकिने , बरु उघार्दै गयो बढ्दै जाने उहाँको प्रबिधि थियो।

मोतीराम भट्टले १९४८  सालमा भानुभक्तको जीवन चरित्र जस्ताको त्यस्तै उतारेर भानुभक्तलाई तनहुँको चुँदी , रम्घा गाउँबाट सर्लक्क निकालेर मान्छेबाट नेपाली ताराको रूप दिई आदिकविको नामाकरण दिएका थिए ।  

त्यसैबेलादेखि नेपालको धरातलमा रामायणका श्लोक जताततै गुन्जिन थाल्यो। १९९७ मा जुद्द शमसेरले भानुभक्तलाई आदिकवि भनेर घोषणा  गरिदिए। त्यसपछि त झन् भानुभक्तको शिर ठाडो हुनथाल्यो । उहाँको बाजे पण्डित भएको कारण पनि खाली संस्कृत मात्र बोल्ने गर्थ्यो। त्यसबेला नेपाली भाषाको केही मान्यता नै थिएन जो कोही सस्कृत भाषा नै बोल्थे तर भानुभक्तले नेपाली भाषालाई आफ्नो जीवनको अभिन्न अङ्ग नै ठानेका थिए। जस्ले गर्दा नेपाली भाषाको उत्थान पनि भयो। उनका बाजे पण्डित हुनुको साथै विद्वान पनि थिए।  रामायणलाई नेपालको पहिलो नेपाली भाषाको महाकाव्य भन्ने गरेको छ।

३७ वर्षको उमेरमा सरकारी जागिर खाएर दुई वर्षमै केही कारणवश जागीरबाट निष्कासन भयो र जेलै जानुपर्ने गरी जेलमा बस्दा  आफ्नो रचनाहरू नेपालीमा अनुवाद गर्ने मौका पाए ।

उनले प्रश्नोत्तर  १८१० सालमा , भक्तमाला १९१० सालमा र वधू शिक्षा १९१९ मा कृति प्रकाशन गरेका थिए। आदिकवि भानुभक्तका रचनाहरू नेपालमा मात्र होइन बिदेशमा समेत  नेपाली तारा भएर उदाएका थिए।  

यो हामी नेपालीको गौरवको कुरो हो। हामीले यसलाइ शिरोधार्य गर्नै पर्छ  र यी कुराहरू हामीले बारम्बार लेखेर भावी पुस्ताका लागि  हस्तान्तरण गर्नैपर्छ ताकि उनीहरूले पनि बुझोस् कि आदि कवि भानुभक्त को थिए भन्ने कुरा। उहाँको देन हामी नेपालीका लागि के कस्तो किसिमको थियो भन्ने जानकारी दिनै पर्छ ।

आदिकवि भानुभक्त भाषिक एकीकरणका होनहार योद्धा थिए। जस्को संरक्षणका लागि एउटा संस्था पनि खडा गरिएको छ। जस्को  अध्यक्ष उहाँकै खनाति श्रीभक्त आचार्य। जस्ले गर्दा त्यहाँको बाटोमा कालेपत्र गरी बिजुलीको पनि व्यवस्था गरेको छ भने खानेपानीको पनि राम्रै अवस्था छ।

जे होस्  भानुभक्तको संग्रहालयले गर्दा त्यहाँको मानिसहरूलाई धेरै नै टेवा पुगेको छ। संग्रहालयमा भानुभक्तले लेख्ने गरेको  कलम, खाने थाल, पान्डुलिपिहरू र पुस्तकहरू राखेर उहाँको महिमा बढाएको छ।  

संस्कृत भाषाको रामायणलाई सरल तरिकाले नेपाली  भाषामा अनुवाद गरेर जनजनको जिब्रोमा राखेको पाइन्छ  र आदिकवि भानुभक्तले आफ्नोबारे आफैले कविता लेखेर पनि प्रस्तुत गरेको थियो।

आदिकवि भानुभक्तलाई भारतको दार्जिलिङ, सिक्किम , ग्यान्टोकतिर झन् मान्छन् र असार २९ मा धुमधामका साथ भानुजयन्ती पनि मनाउँछन् । हुन त भानुजयन्ती नेपालमा पनि धुमधामका साथ नै  मनाउने गरेको छ। ठाउँठाउँमा कवि गोष्ठी गरेर पनि भानुलाई सम्झना गरेको पाइन्छ र कतैकतै त सम्मानको कार्यक्रम पनि गर्ने गरेको छ। देशको चोकचोकमा पनि भानुको मूर्ति बनाएर भानुको अस्तित्व बढाएको पनि छ तर भारतको दार्जिलिङ , सिक्किममा पनि भानुको मूर्ति बनाएर  चोकको महिमा बढाएको छ। राष्ट्रकै विभूतिको  रूपमा परिचित भानुभक्त आचार्य। उहाँको कविताले , महाकाव्यले रामायणले उहाँलाई सुन्दर रूपले विभूषित गरेको छ।

प्रकाशित: २८ असार २०७८ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App