कला

खेलाँची

लघुकथा

गंगा खड्का  

'सान्नानी ! किन टिपेकी काँक्रो ? अस्ति भर्खरै औषधि हालेको। कम्तीमा नि एक हप्ता खानु हुन्न।' नरेन्द्रले छोरीलाई भने।

'ह्या , केही हुन्न बाबा। आफूलाई कस्तो खान मन लागेको छ।' छोरीले भनी।

'कस्तो जिद्दी  पारा देखाएकी। अहिले केही नभए नि यस्ता विषादिले भोलिपर्सि असर गर्छन् क्या।' नरेन्द्र अलि राँकिए।

'अनि हजुरले त हिजैदेखि  पसलमा लगेर तरकारी , काँक्रा बेचिसक्नुभएको होइन र?' छोरीले जिज्ञासा राखी।

'पसलमा त बेच्नु परिहाल्यो नि। यतिका लगानी गरिएको छ। भाडा तिर्नुपर्‍यो। कसले थाहा पाउँछ र औषधि हालेको तरकारी बेच्यो भनेर?

प्रकाशित: २८ असार २०७८ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App