कला

लाज

लघुकथा

सत्या अधिकारी

 

विद्यालयको वार्षिक परीक्षा नतीजा  प्रकाशनको कार्यक्रम थियो। हामी सबै शिक्षक साथीहरू  काठमाडौको कमलादीस्थित  प्रज्ञा भवनमा विद्यार्थीहरूको नतीजा  बोकेर जाँदै थियौं। एक्कासि मेरो नजर भवनको गेटबाहिर  एक अधबैंसे  महिलामा पुग्यो। मेरा नजर झुके। उनी  पूरै नाङ्गै  थिइन् । केको  खुसीमा होला? अनुहारमा हांँसोको फोहोरा छुटिरहेको थियो उनको। मन खिन्न भयो। आफैं  नाङ्गो  भएको आभास  भयो।

उनी नजीक गएँ र आफ्नो सल  झिकेर  दिन मात्र के लागेको थिएँ, एकछिन अगाडिको उनको त्यो हांँसो आक्रोशमा परिणत भयो। कसैको रिस पोखेझैँ मलाई  कराउँदै थिइन् , ‘हाहा, लाज लाग्यो तिमीलाई ! चाहिन्न तिम्रो ओढ्ने । छोपिदिन मन भए छोप उसको लाज, जसले मलाई हररात यहीँ गेटमा आएर नङ्याउंछ ।’

उनको चोर औंलो पेटीतिर रोकिएका ठुलाठुला गाडीतिर तेर्सिरहेको थियो।

प्रकाशित: २८ असार २०७८ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App