कला

अन्तिम शिक्षा

लघुकथा

आर. मानन्धर

 

कतै सुनेको कथा हो यो।

एउटा वृद्ध मृत्यु शैयामा थिए। उनीसित अन्तिम केही सास मात्र बाँकी थियो। उनका सन्तानहरू उनलाई घेरेर बसेका थिए। तब एउटा छोरीले उनलाई सोध्छिन्, ‘बुबा, अब हजुर जाँदै हुनुहुन्छ । हाम्रो लागि केही जीवन शिक्षा दिनुहुन्छ कि ?’

वृद्धले सकी–नसकी बोले–“जब म युवा थिएँ, म सोच्थें यो संसारमा अचाक्ली अन्याय छ । मैले संसारलाई परिवर्तन गर्नुपर्छ । युवा जोश थियो । म त्यसैमा लागें।

“जब म प्रौढ भएँ, तब मलाई लाग्यो, मैले संसार परिवर्तन गर्न सक्दिनँ। बरु मैले मेरो समाज परिवर्तन गर्न सक्छु। म त्यसैमा लागें।

“जब मैले बुढेसकाल टेकें, मैले महसुस गरें — केही परिवर्तन त आउँदै थियो । तर सँगसँगै समाजमा नयाँनयाँ समस्याहरू पनि देखापर्दै थियो अनि मैले सोचें, शायद मैले परिवारलाई पो परिवर्तन गर्नसक्छु कि ?

“बुढेसकालभर म परिवारमा परिवर्तन ल्याउनमा लागिरहें । मैले मेरो जीवनभरिको शिक्षा तिमीहरूलाई दिनथालें। अहिले लाग्छ, मैले धेरै दुःख दिएँ । तिमीहरूलाई मदेखि धेरै दिक्क पनि लाग्यो होला।

“जीवनलाई फर्केर हेर्दा अहिले मलाई पश्चाताप लाग्छ। किन म आफूलाई परिवर्तन गर्नमा किन लागिनँ? अहिले मलाई लाग्छ — यदि युवाकालमा म आफूलाई परिवर्तन गर्नमा लागेको भए त्यो सम्भव हुन्थ्यो । अनि मेरो परिवार आफैं परिवर्तन हुन्थ्यो। त्यसपछि म समाज परिवर्तन गर्न सक्षम हुन्थें।  शायद म संसार परिवर्तन भएको हेरेर मर्न पाउँथें कि ?

“मैले जीवनमा पाएको शिक्षा यही नै हो ।”

प्रकाशित: २७ असार २०७८ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App