कला

नायिका जेनी कुँवर मृत फेला

नायिका जेनी कुँवर मृत अवस्थामा फेला परेकी छिन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामा बिहीबार साँझ उनी मृत अवस्थामा फेला परेकी थिइन्। अपार्टमेन्टमा कुँवरकाे शवसँगै सुसाईड नोट भेटिएको छ। 

नोटमा उनले आफु ‘डिप्रेशनको शिकार भएको समेत लेखेकाे प्रहरीले जनाएकाे छ। कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन्। उनी पछिल्लो समय डिप्रेशनबाट पीडित थिइन् । श्रीमान अपार्टमेन्टमा नभएको बेलामा उनले आत्महत्या गरेकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित: २५ असार २०७८ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App