कला

गायिका टिका सानु र तीर्थ खत्रीको 'तिज भयो क्यारे ठिस' बजारमा

हिन्दु नारीहरुको महान् पर्व तीज आउन अझै केही समय बाँकी हुँदा नै बजारमा तीजका भाकाहरु घन्किन थालेका छन्। गायिका टीका सानु र तीर्थ खत्रीको नयाँ तीज गीत ‘अहिले पनि तीज भयो क्याहो ठिस’ बोलको गीत सार्वजनिक भएको छ।  

उक्त तीज गीतमा सबैजनालाई सुरक्षित भएर तीज मनाउन आग्रह गरिएको छ। उक्त गीतको भीडियो गौरव गिरीले बनाएका हुन्। गीतमा पुरुष आवाज गायक मदन ढकाल र तीर्थ खत्रीको रहेको छ भने महिला आवाज टीका सानु र प्रतिभा सापकोटाको रहेको छ।  

पछिल्लो समयमा तीज गीत भड्किलो बन्दै गइरहेको छ। तर यो गीतमा आफ्नो कला, संस्कृति झल्किने किसिमको भाव व्यक्त गर्दै कोराना महामारीबीचको तीजलाई हाँसी खुसी भएर मनाउन आग्रह गरिएको छ।

प्रकाशित: १८ असार २०७८ ०८:१७ शुक्रबार

तीजका भाकाहरु तिज भयो क्यारे ठिस