कला

सतीले सरापेको देश

कविता

कविता ढकाल ढुङ्गेल

 

 सतीले  सरापेको देश

साँच्चिकै सतीले सरापेको देश हो यो,

निस्वार्थ भावना भएकाहरूले बाँच्न नपाउने देश हो यो।

 

विवेकहीन र मतिभ्रष्ट मात्रै बाँच्न पाउने हो रैछ यो देश  

भ्रष्टाचारी कमिसनखोरी अनि मानव तस्करी मात्र

नाच्न पाउने रैछ यो देश ।

 

व्याभिचारी दलालहरूले मात्रै बेसरी  

नाइटो चर्काने हो रहेछ यो देश,

निमुखा र आवाज नभएकाहरू

जति पिल्सिएर मर्ने हो रहेछ यो देश।

कसैले राम्रो काम गर्न लाग्यो भने

त्यसको अस्तयमान पक्कै हुन्छ यहाँ,

दलाल, भ्रष्ट, कमिसनखोरी र देशद्रोहीको सम्मान हुन्छ यहाँ।

 

विचरा ज्ञानेन्द्र शाही ,

न त तिनले खाएका थिए कसैको पेट निचोरी,

न त कसैलाई लडाएका थिए लात मारी।

 

न कुनै थियोे तिनीहरूमा स्वार्थको भावना,

जुटेर गएका थिए तिनीहरू  

गरिबको ज्यान बचाउने योजनामा।

 

एक्कासि कुन पटमूर्खले गर्यो बेकार तिनीहरूसँग हमला,

तिनै हुन क्रूर, भ्रष्टाचारी, व्याभिचारी अनि लुट मच्चाउने लुटेरा।

सतीले सरापेको देश हो यो,

राम्रो सोचाइ भएकाहरू टिक्न दिँदैनन यहाँ ,

निमुखा जनताको सेवा गर्नेहरूलाई बाँच्न दिँदैनन् यहाँ ।

 

 मदनलाई मारे आश्रितलाई मारे  

अब ताक्दै छन् ज्ञानेन्द्र साही अनि रविलाई ,

भ्रष्टाचारीले हात पारे देशका सबै कुरा टिक्न दिँदैनन् अरूलाई।

 

न त दिन सक्छ सरकारले यहाँ जनतालाई सुविधा ,

जनतालाई सेवा गर्नेको जिन्दगी यहाँ बाँच्नलाई दुविधा।

वा , वा , वा ,

सोलुट छ त्यस्ता निर्दयी , अविवेकी अनि दुष्टलाई ,

असती , व्याभिचारी , नालायक आक्रमणकारीलाई।

 

त्यसैले त भन्ने गर्छन् यो  सतीले सरापेको देश ,

सबै गरिब अनि  विकटका जनताको सधैं खालि पेट।

नेपालीमा उखान नै छ नि ,

बाँदरले आफू पनि घर बनाउँदैन!

अनि अर्कालाई पनि घर बस्न दिँदैन ।

प्रकाशित: १ असार २०७८ ११:३३ मंगलबार

अक्षर