कला

उठी नानी उठी !

बालकविता

रमेशचन्द्र घिमिरे

 

निद्राबाट छुटी

फुकाएर मुठी

उठी नानी उठी

नानी उठी उठी !

 

‘खान्छु बुबु माम

गर्छु आफैं हाम्म

कटौरीमा थोरै

ल्याउनू मेरी आमा’

 

मिलाएर लोली

बोल्दै मीठो बोली

हात घुमाई–घुमाई

धारा आफैं खोली

 

चुठ्नचाहिँ चुठी

तर मुखै जुठी

उठी नानी उठी

नानी उठी उठी !

प्रकाशित: १९ जेष्ठ २०७८ १०:०१ बुधबार

अक्षर