कला

समाज

लघुकथा

प्रेम पुन मगर

 

‘ए  हेर्नुहोस्  त  विजयका बा!  रातभरि कोसँग के गरेर सधैं यै समय फर्किन्छे। यस्ता कुलक्षिणी छरछिमेकमा भए समाजको के होला? केही लाज शर्म नै छैन। कसैलाई नआएको बैंस आएको तँ कुलङ्गार्नी।’ झ्यालबाट बाहिर नियालिरहेकी राधिकाले मसिनो स्वरमा आफ्नो श्रीमानसँग भन्दै थिइन्।

पल्लाघरे पन्ध्र वर्षीय सानी जो बुवाको मृत्युपछि दुई नाबालक भाइहरूको पढाइ र रोगले थलिएकी आमाको जिम्मेवारी आफ्नै काँधमा थियो।  दुई सिफ्ट काम गर्थिन्। पढाइमा अब्बल भए पनि बिचमै छोड्नुपरेको थियो।

त्यतिकैमा आफ्नो बीस वर्षे तन्नेरी  छोरो घरमा प्रवेश गर्छ।   मदिराले लठ्ठ कपाल जिङ्ग्रिङ्ग खुट्टा बाङ्गोबाङ्गो, चुरोटको धुँवा उडाउँदै आएको छ। राताराता आँखा पार्दै ठुलो स्वरमा गीत पनि गाइरहेको छ।

‘पानी धालाको रक्ची त भ्यालीको माचु  पाडाको’

उसलाई देख्नासाथ राधिकाले मायालु स्वरमा भनिन्।

‘मेरो बिजु!  छोरा तिमीलाई  भोक लाग्यो होला। म खाना तताइदिन्छु ल।’

प्रकाशित: १८ जेष्ठ २०७८ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App