कला

मेरो सरकार

कविता

 

     विनोद नेपाल

छैन अस्पतालमा बेड

छैन प्राणवायु अक्सिजन

अकालमा मरिरहेछन्  

आँखैसामु निर्दोषहरू यता

उता

अपराधीहरूलाई काखमा राखेर

बेमौसमी बाजा बजाइरहेछ।

 

यो महामारीमा

लासहरूको सिरानी हालेर

लासकै विस्तरामा सुतिरहेछ

अहंकारको आगोले जलेर  

थाहा छैन

कतिखेर सकिन्छ

तर पनि आफ्नै बखान गाइरहेछ।

 

निकृष्टताको योभन्दा अर्को उदाहरण के खोज्नु खै

निर्लज्जताको योभन्दा अर्का ेउपमा खोज्नु खै

नागरिकको बाटोमा निषेधाज्ञाको तगारो हालेर  

आफू

बालुवाटार शितलनिवास धाइरहेछ

गणतन्त्रको गफ लगाइरहेछ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०९:१९ शनिबार

अक्षर