कला

चरा कसरी पाल्ने ?

हार्दिक न्यौपाने  

 

नमस्कार साथीहरूलाई । म कक्षा दुईबाट तीनमा जान लागेको छु । दुई मात्र चाहिँ नभन्ठान्नु । तर आज त्यो कुरा हैन । आज म चरालाई कसरी पाल्ने भनेर भन्छु । चरा पाल्नु गलत हो । तर मलाई पनि पाल्न मन लागेको छ । हजुरहरूलाई पनि चराको सोख छ भने कसरी पाल्नुपर्छ त्यो भन्छु । पाल्नुहुन्छ कि पाल्नु हुँदैन त्यो भन्छु ।  

ल पहिलो पोइन्ट । चराहरूलाई कसरी पाल्नुपर्छ ? जस्तै कि चराहरूलाई पाल्दाखेरि धेरै सानो बच्चा ल्यायो भने पनि काम छैन। धेरै बच्चा ल्यायो भनेचाहिं के हुन्छ भन्दाखेरि उनीहरूलाई थाहा हुँदैन के । हामी मान्छेहरूलाई थाहा हुँदैन के हुन्छ भनेर । जस्तै कि मर्न सक्छन्् । डायरिया हुन सक्छ । लुज मोसन हुन सक्छ। हामीले बच्चा ल्याको थिम सुगाको हो त्यल्लाई के विरामी भर म¥यो। बच्चालाई त्यस्तै हुन्छ । जस्तै कि मलाई पनि सुगाको सोख छ । मैंले पहिला एउटा सुगा ल्याएँ । त्यो म¥यो । दोस्रो ल्याएँ । त्यो उड्यो । तेस्रो ल्याएँ त्यो पनि म¥यो ।  

त्यसको के रिजन हो भने पहिलो खाना धेर भएर म¥यो । सुगालाई खान कम भए चल्छ तर धेर हुनु हुँदैन। त्यो कुराचाहिं याद राख्नुपर्छ । र जब त्यो सुगाको बच्चाको पटी लुज (पखाला) हुन्छ नि, पातलो हुन्छ नि, हो त्यतिबेला त्यसलाई एउटा औषधि भन्छु त्यो लाउनी । न्युपेप्टिन । त्यो औषधि हामीले पनि खुवाएका थियौं । तर काम गरेन । हजुरहरूलाई काम गर्छ कि थाहा छैन । तर, न्युपेप्टिनचाहिँ एउटा औषधि हो के। हामीले पनि युट्युवमा सर्च गरेर ल्याएका थियौं। तर, त्यसलाई बचाउन सकिएन।  र पहिलो सुगाचाहिँ खाना धेर भएर म¥यो। दोस्रो सुगा पिँजडाको हुक लुज भएर खसेर उड्यो  र एउटा सुगाचाहिँ म¥यो। कसरी भन्दा त्यही विरामी  भएर म¥यो । त्यही कुराको ध्यान राख्नुपर्छ । जब सुगालाई धेरै खाना खान प्रब्लम गरिराखेको छ भने बुझ्नु , पहिला खाना दियो, दिएर पनि खाएको छैन भने अघायो । तर सुगाहरू जे दिए पनि खान सक्छन्। उनीहरूले खान त सक्छन् तर खान प्रब्लम गर्न पनि सक्छन्, खान पनि सक्छन् । तर त्यो हुनु हँदैन। पेट भरिएपछि ओभर खाए भने पनि मर्न सक्छ र जब सुगा ल्याउँदाखेरि झुन्डयाउँदा त्यो ख्याल गर्नु हुक लुज हुनु भएन । हुक लुज भयो भने सुगा हल्लियो भने त्यो (पिँजडा) लड्छ। अनि पिँजडा फुटेर उड्न सक्छ ।  

जब चराको वा सुगाको पटि लुज भयो भने, लुज मसन भयो भने उनीहरू मर्ने सम्भावना धेरै छ। सुगालाई मात्र काम गर्न सक्छ त्यो न्युपेप्टिन। अरू चरा पाल्नुभएको छ भने अरूलाई काम गर्न नसक्ला तर थाहा छैन । एउटा बर्डको खाना हुन्छ। त्यो अर्डर नभएर स्यारलेक खुवाउनुहुन्छ । तर अर्डर गरेर राखे राम्रो । जब प्यारोट ल्याउनुहुन्छ तपाई तब त्यसको कुराको ध्यान राख्नु कि त्यो चार महिनाभन्दा तलको नल्याउनु। सपोज चार महिनाभन्दा तलको एजको ल्याउनुभयो, त्यसलाई पाल्न एकदमै स्ट्रगल हुन्छ। त्यसलाई पाल्न एकदमै गाह्रो हुन्छ। र म रिकमेन्ड गर्छु कि रिङनेक प्यारोट ल्याउनु । रिङनेक प्यारोट ल्यायो भने मात्र सजिलो हुन्छ। एलेक्जेन्डर प्यारोट ल्यायो भने त्यसलाई पाल्न एकदम गाह्रो हुन्छ । खासमा बच्चालाई । मैले यो सुगाहरू बनाएँ । यो (दाहिने हातको) रिङनेक, यो एलेक्जेन्डर। देख्दाखेरि त एलेक्जेन्डर बलियो देखिन्छ कि रिङनेक बलियो देखिन्छ ? हजुरहरू कमेन्ट गर्न सक्नु हुन्छ । बलियो त रिङनेक नै देखिएको छ ।  

यिनीहरू मैले बनाएको भए पनि यिनीहरूको नाम राख्दे’को छु । मिठु र मिठी । बर्ड ल्याएर ट्रेन भएपछि बाहिरै राख्नु । केज (पिँजडा) मा नराख्नु। फस्टमा ल्याउँदाखेरिचाहिं १०–१५ चोटि वा ३–४ चोटि बाइट गरोस (टोकोस) । तर केही फरक पर्दैन अनि मात्र ट्रेन हुन्छ । केही रियाक्सन नगरेदेखि सुगाले वा वर्डले सोच्छ–कि यिनीहरूलाई मैंले जति टोके पनि केही फरक नहुने रैछ । म टोक्न छोड्दिन्छु अनि राम्रो भनेर छोड्दिन्छ टोक्न । अनि टे«न भएपछि हातमा आउने, उडेर गयो भने पनि आउने गर्छ । बाहिरै राख्नु होला। केजमा नराख्नु होला। केजमा राख्नु भो भनेचाहिं यिनीहरूले जंगली ह्याबिट (बानी) राख्छ। ट्रेन भएपछि केजमा मात्र राख्दियो भने त्यसले जंगली बानी राख्छ अनि जति ट्रेन गर पनि बाइटी गर्छ, केके गर्छ । हो अनि उनीहरूलाई एकदम मायाले ट्रेन गर्नुपर्छ। उनीहरूलाई पाल्ने हो भने एकदम माया गर्नु। उनीहरूलाई पाल्नु छ भने आफ्नो बच्चाजस्तै माया गर्नु। ल आजका लागि यति मात्र। कमेन्ट गर्नुभयो भने अरू वर्ड वा अरू जनावरको बारेमा पनि भिडियो ल्याउँछु । लेख्छु । धन्यवाद!

कक्षा–३

अक्षरा स्कुल, काँडाघारी काठमाडौं ।  

प्रकाशित: १४ जेष्ठ २०७८ १२:५२ शुक्रबार

अक्षर