कला

अन्तस्करणको चेत

निबन्ध

बोधराज पौडेल

 

समयभन्दा बलवान् कोही हुँदैन। समयले सबैलाई उसको अनुकूल चल्नका लागि बाध्य गराउँछ। चाहेर पनि त्यसलाई बदल्न सकिंदैन । उसको अनुकूलमा चल्नु नै बुद्धिमानी हुन्छ । यो नै शाश्वत सत्य हो । यसलाई नर्कान सकिन्न।

समयले सबैलाई उसको मूल्य चुकाएर छोड्छ । एक समय एक व्यक्ति आफ्नो व्यापारमा घाटा भएर टाट पल्टिएको थियो। यो विषयले उसको चिन्ता यति बढाउँछ कि ऊ घरै छोडेर हिँड्न बाध्य भयो। यस्तो अवस्थामा उसले ईश्वरको नाम जप्दै चौतारामा कावा खाएर दिन बिताउन थाल्यो।

एवं रितले समय बित्दै गयो । तीनचार दिन यसरी चौतारीमा बसेको देखेर एक साहूले पनि यसलाई के समस्या रहेछ बुझ्नु परयो भन्ने लागेछ। यही सोचेर साहूले उनको समस्याबारे सोधेछन्। व्यापारीले पनि उसलाई आफ्नो सबै वृतान्त सुनाएछ । त्यो कुराले साहूलाई दया लागेछ ।

साहूले भनेछ ‘मेरो केही जग्गा छ के कमाउँछौ त ? साहूले त्यो व्यापारीलाई प्रश्न गरेछन् ।’ उसले पनि आफू समस्यामा परेकोले यस्तो बेलामा राहत हुने सोचेर हुन्छ भन्ने उत्तर दियो । र भन्यो ‘मेरो जग्गाको बदलामा तिमीले मलाई के दिन्छौ त ? साहूले प्रश्न गरयो ।’ 

साहूको प्रश्नमा व्यापारी भन्छ–‘यो वर्ष म टुप्पो मात्र लिन्छु । बाँकी हजुरलाई ।’ साहूले व्यापारीको कुरामा सहमति जनायो । केही समयपछि उसको फसल आउँछ । त्यो वर्ष उसले खेतीमा धान, गहुँ, कोदो, जुनेलो, कागुनो जस्ता बाली लगाउँछ।

फसल पाकेपछि टुप्पा टिपेर बाँकी लिनका लागि उसले साहूलाई बोलायो। दाना बाली सबै लिएको र आफूलाई बोट मात्र भागमा आएको देखेर साहू भन्छ– ‘ठिकै छ । म यो नै लिने छु । तर, म ठगिएको महसुस गरिरहेको छु ।’

‘अर्को बाली पो के लगाउँछौ त ?’ ‘त्यो त खै ! अहिले सोचेको छैन । तर, यसपालि हजुरलाई टुप्पा र फेद भयो । म बीचको लिउँला भन्यो ।’ यो पालि उसले मकैको खेती गरयो। त्यो पल्ट पनि साहूलाई बोटमात्र भाग परयो । बाली पाकेपछि उसले मकै भाँच्यो र ढोड लिनका लागि साहूलाई बोलायो।

यो पल्ट पनि साहूको भागमा अन्नको दानो परेन । उसले कति दिनसम्म ‘ठग्दो रहेछ हेर्छु म पनि भनेर चुप लागेर बस्यो ।’ आफ्नो भागमा परेको ढोड लियो । एवम् रितले चल्दै गयो।

अर्को बालीको बारेमा साहूले केही भनेन्। व्यापारीले आफंै भन्यो–‘यसपालि माटामाथिको सबै हजुरलाई दिन्छु । म माटोमुनिको मात्र लिन्छु । हजुरले ठगिएको अनुभव गर्नु भयो । अब यस्तो नहोस् ।’ 

केही समयपछि उसले बारीमा पिँडालु, सुठुनी, तरुल, आलु जस्ता बाली लगायो।  बाली पाकेको खनेर सबै भण्डारण ग¥यो । पिँडालु, सुठुनी र आलुका बोट एक ठाउँमा थुपारेर राखिदियो । तरुलका लहरा थाक्रामा नै राखिदियो। फेरि साहूलाई बोलायो र लहरा र बोट मात्र जिम्मा लगायो । साहूलाई खाने कुनै कुरा प्राप्त भएन ।

यसपल्ट पनि साहूले केही बोलेन । ‘अब मेरो बारी कमाउने कि नकमाउने भनेर सोध्यो मात्र ।’ साहूको कुरामा व्यापारीले केही असहजता अनुभव गरेन। उसले हाँसेर भन्यो–‘यो वर्ष मात्र कमाउँछु । अब बूढो पनि भए सायद अर्को वर्ष कमाउन सक्दिन होला । यति मात्र भन्यो ।’  

साहूले पनि ‘हुन्छ सकुन्जेल कमाएर खाउँ भन्यो । अब जेजे लगाउन मन छ, त्यो लगाऊ । मलाई केही दिनु पर्दैन ।’ पहिला तिमीले मलाई दिएको कुनै पनि खर्च भएको छैन। सबै सँगालेर मैले त्यसै राखेको छु भन्यो। ऊ यो कुराले धेरै नै खुसी भयो। उसले बिर्सियो कि मैले केही अनाज दिएको थिइँन भन्ने कुरा। 

केही समयको अन्तरालमा त्यो व्यापारी बिरामी भयो । त्यो बेला साहूले उसलाई भेटेर के कस्तो छ भन्ने हाल समाचार बुझ्यो । व्यापारीले आफू धेरैै कमजोर भएका कारण अब तग्न गाह्रो रहेको बतायो । साहूले खानेकुरा घरमा भएको नभएको बारेमा पनि जानकारी लियो। व्यापारीले खानेकुरा घरमा यथेष्ट मात्रामा रहेको जानकारी दियो।

हप्ता दिनपछि त्यो व्यापारी मरयो। मृत्युपछि उसलाई यमराजका दूतहरूले लिएर गए । ऊ यमलोकमा पुगेपछि भोक लागेको हुनाले खानेकुराको खोजी गरयो। यमका दूतहरूले पहिलोपल्ट  पराल र नलका बोटहरू ल्याएर अगाडि राखिदिए । उसले कुनै खान सकेन। किनकि ती मानवले खानका लागि सकिने खालका थिएनन् ।

ऊ भोकले आकुल भएर चिच्याउन थाल्यो। पुनः उसले खानेकुराका लागि आलाप ग¥यो । फेरि यमदूतहरूले यसलाई ढोड ल्याएर राखिदिए । त्यो पनि उसले खान सकेन। भोकले आकुल भएर चिच्यायो ‘म भोकले प्रताडित छु खानका लागि केही देऊ र मेरो भोक शान्त गर।’ उसको कुरा यमदूतहरूले सुने तर अरू दिन सक्ने अवस्था उनीहरू पनि थिएनन् ।  

उसको आलाप निरन्तर रह्यो । खानका लागि केही देऊ ! त्यसको केही समयपछि उसको अगाडि पिँडालुका पात, तरुलका लहरा, सुठुनीका झाल राखियो। त्यो पनि उसले खान सकेन। फेरि खानाका लागि आलाप गरिरह्यो । उसको चीत्कारसुनेर जग्गा साहू पनि त्यहाँ उपस्थित रहे । उनले ‘खाना कस्तो छ त ? भनेर सोधे ।’ साहूको कुरा सनेर ऊ अवाक् भयो ।  

त्यो व्यापारीले साहूलाई आफूले घाँसपात खान नसक्ने भएको हुनाले अन्य खानेकुराका लागि अनुरोध गरयो। उसको कुरा सुनेर साहूले भने ‘मसँग भएको र तिमीले मेरो बारी कमाएबापतमा दिएको कुरा यही हो । मैले यही नै तिम्रो लागि संगालेर राखे ।’ तसर्थ मसँग अरू केही छैन । म तिमीलाई अरू के दिन सकँुला र ? आखिर तिमीले मलाई राख्न दिएको पनि यही त हो, होइन र ? यति भन्दा साहू स्वयं ईश्वरको रूपमा परिणत भए। साहूको परिवर्तन भएको रूप देखेर व्यापारी चिन्तित भयो। उसले आफूले गरेको गलत कामको झलझली स्मरण ग¥यो र ती कुराहरु प्रति मनमनै प्रायश्चित गरयो।

आज हामी पनि कसैलाई यसरी नै ठग्न पाएकोमा प्रफुल्लित हुन्छौ । आफू बाठो र ऊ मुर्ख भएकोमा आनन्द मान्छौ । तर, त्यसको परिणामको बारेमा हामी कहिल्यै सोच्दैनौँ । हामी त मात्र आफ्नो फाइदा हेर्छौ र स्वार्थपूर्तिका लागि लाग्छौ । हामी साहू भएर उदार हुने बारेमा कहिल्यै सोच्दैनौँ । तर, व्यापारी भएर अरूलाई ठग्न मात्र खोज्छौ । त्यसको परिणाम र असरबारे कहिल्यै सोच्दौनौ तसर्थ अप्ठ्यारो अवस्थामा पछुताउनुसिवाय अरू केही हुँदैन । यो नै दुखको मुल कारण हो।

यसले झल्याँस्स मनमा सम्झियो, आफ्नो फाइदा भइरहेको बेलामा हामी अरूलाई अन्याय भएको कहिल्यै सोच्दैनौ । जब काम बिग्रिएर आफै त्यो भुमरीको चक्रमा घुम्न थाल्छौ अनि मात्र आफूले अरूलाई अन्याय गरेको महसुस गर्छौ । त्यो बेला समय क्षितिजभन्दा धेरै पर पुगिसकेको हुन्छ । यही परिणाम आज म मृत्युपर्यन्त भोगिरहेछु । व्यापारीले यस्तै कुरा मनमा गुनिरह्यो।

त्यो ईश्वरमा परिवर्तन भएको व्यक्तिले उसलाई आपतको बेलामा सहयोग गरेर दुखहरण गरेको थियो। त्यो साहूरूपी ईश्वरले पनि उसलाई हामीले जस्तो कर्म गर्छौ, जे राख्छौ, जे रोप्छौ त्यही पाउँछौ भन्ने कुराको ज्ञान दिएर अन्तध्र्यान भयो । हामीले समय र अरूलाई जस्तो व्यवहार गर्छौ । आखिरमा प्राप्त गर्ने भनेको पनि त्यही त हो । तसर्थ त भन्ने गरिन्छ–‘जस्तो रोप्यो त्यस्तै फल्छ भनेर ।’ भन्दै ऊ आफ्नो कर्मका कारणपश्चात गर्दै समय काल बितायो ।  

प्रकाशित: १३ जेष्ठ २०७८ १२:३१ बिहीबार

अक्षर