छोरा बुद्ध हरायो , भन्दै रुन्छिन् नेपाल आमा,
जताततै चित्कार मात्रै , सुन्छिन् नेपाल आमा।
स्वर्गको टुक्रा, हिमाल, पहाड र तराई,
शान्ति छाओस् भन्दै , देवता छुन्छिन् नेपाल आमा ।
सुन्दर, शान्त देश , एकता मिलाप सबै,
समृद्धि हित सपना , बुन्छिन् नेपाल आमा।
चार जात छत्तिस वर्ण सुन्दर बगैचामा,
हरेक फूलको हृदयमा, हुन्छिन् नेपाल आमा।
काटे रगत रातो, कोख एउटै सन्तानको,
हृदय फाट्दा तनभरि, गुन्छिन् नेपाल आमा।
प्रकाशित: २१ चैत्र २०७७ ०४:३७ शनिबार