कला

ममताको छाती पिलाउने आमा

गजल

ममताको छाती पिलाउने आमा,

नखाएर आफू, खिलाउने  आमा।

 

तनमन स्वयंकै उधारेर ध्यार्र,

 मेरै निम्ति नाना सिलाउने आमा।

 

बिगारेर आफ्नै बरु रूपरंग,

मलाई नै पोषण दिलाउने आमा।

 

बिर्सी जिन्दगीका घाटा अनि नाफा,

बही खाता मेरै मिलाउने आमा।

 

भुलेर हिजो अनि आज र भोलि,

मभित्रै पो जम्मै बिलाउने आमा।  

प्रकाशित: २० चैत्र २०७७ १०:१७ शुक्रबार

अक्षर