कला

मेरो जमिन

कविता

जमिनमा झुकें

स्पर्श गरे  

एक मुठी माटो

हातमा लिएँ

बिस्तारै सुघें

छातीमा टाँसें

नेपाली हुनुको  

करेन्ट शरीरभरि

मनभरि झनक्क  

झन्किइरह्यो

भक्ति थापाजस्तै

वीरताको गाथा

आफूमै कल्पिँदै

आनन्दित भएँ

गर्वले फुसफुसाएँ

परेलीबाट आँसु

झरना खसेझैं  

गाला हुँदै  

जमिनसम्म  

खस्न दिइरहें

हिमालको देशमा  

जन्मन पाएकोमा

भाग्यमानी मान्दै

यस्कै मायामा  

यस्कै काखमा  

सुखानुभूति गर्दै

यस्कै सेवा गर्ने  

संकल्प मनमा लिँदै

खुसीले हात फैलाउँदै

बेसरी चिच्याएँ

मेरो नाममा

एउटा जमिन छ

मलाई कसैले  

देश निकाला  

गर्न सक्दैनन्

म नेपाली

मेरो नेपाल  

मेरो माटो

मेरो जमिन !

प्रकाशित: १९ चैत्र २०७७ ०३:४९ बिहीबार

अक्षर