कला

तिम्रै मायामा

कविता

दुईचार दिन अगाडिसम्मको रमाइलो क्षण,

आजभोलि किनकिन हराउँदै गएको छ।

मिठामिठा शब्दले भरिएका ती लेखेहरू हेरेर,

यो मन हर्षित भएको याद आइरहेको छ ।

 

तर आजकाल किनकिन ती क्षणहरू,

टाढिदै गएको आभाष भइरहेको छ ।

उत्तर, प्रत्युत्तर भरिएका ती पानाहरू,  

पढ्दापढ्दै आनन्दको अनुभूति भएको छ।

 

तर आजकाल किनकिन ती अनुभूतिहरू,

आफूभन्दा धेरै टाढा भएको महसुस भइरहेको छ ।

निस्वार्थ  र पवित्र  त्यो मधुर सम्बन्ध,

टाढा भए पनि नजिक भएछ।

 

तर आजकाल किनकिन त्यो सम्बन्ध,  

अलिअलि गर्दै हराउँदै गएको छ ।

हावाहुरीले उडाएको त हैन होला

भेलबाढीले बगाएको त  हैन होला

किनकिन आजभोलि  

साँच्चै  कतै हराएजस्तो भएको छ ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App