कला

बूढी आमैको सराप

लघुकथा

नापी गोश्वाराबाट हरिबहादुर नामको अमिन रमा नामकी वृद्धाको जग्गा नाप्न फिल्डमा पुग्यो ।

जग्गा नापेर सकेपछि उनले ती  वृद्धालाई भने–  आज सार्वजनिक विदाको दिन म हजुरको जग्गा नाप्न आएको छु । अलिकति खर्च त चाहियो नि ।

रमाले भनिन् – तपाई सरकारी अफिसमा काम गर्नेलाई सरकारले तलब दिइहाल्छ नि । म जागीर नखाएको मान्छेले कताबाट खर्च दिने ?

अमिनले भन्यो – आज विदाको दिनमा घरको काम छाडेर आएको हुनाले दिनुपरयो नि।  

फेरि रमाले भनिन् – मैले तपाईलाई डाकेको पनि होइन। मेरो जग्गा नाप्न आउनुपरयो भनेर तपाईलाई अफिसले पठाएर आएकोमा म त दिन  सक्दिनँ।

अमिनले धम्काउँदै भन्यो – दिन मन लागे दिनुस्, नत्र  म अफिसमा पुगेपछि तपाईको जग्गा घटाइदिन्छु।

रमाले आफ्नो थैलीबाट पैसा झिकेर दिँदै भनिन्–  उसो भए मसँग भएको पाँच सय रुपियाँ जति लिनुस् न त ।

त्यसपछि  खुसी मान्दै अमिन आफ्नो बाटो लाग्यो।

त्यसपछि रमाको छोरा टुप्लुक्क आइपुगेपछि सबै कुरा छोरालाई बताइन् । उसले घटाएर घट्ने बढाएर बढ्ने हो र हाम्रो नाममा भएको जग्गा ? तपाईलाई सीधा मान्छे भन्ठानेर ठग्यो आमा– छोराले रिसाउँदै भन्यो।

छोराको कुरा सुनेर रमा सराप्दै कराउन थालिन्– मजस्तो बूढीलाई ठगेर हिँड्ने त्यसलाई पापै लागोस् ।  

प्रकाशित: ५ फाल्गुन २०७७ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App