कला

कति बस्नु टाढा भई यो हृदय जलाई

गीत

एउटा चिठी लेख्न मन, लागेको छ मलाई ,  

कति बस्नु टाढा भई  यो हृदय जलाई।

 

दूरी टाढा नभए नि, टाढा भयो मन,

अब यस्तै हुने भयो, के गरुम लौ भन ।

 

चिठी लेख्न बसेको छु, तिम्रै याद गरी,

कुन शव्दले लेखूँ म भन्छु, एउटा पानाभरि।

 

तिमीदेखि टाढा हुने एपछि जब,

टाढाटाढा धेरै टाढा,जाँदै छु म अब ।

 

हिजोको त्यो मधुर मिलन, विछोड हुने भयो,

परिस्थितिले हाम्रो मिलन टाढा हुँदै गयो ।

 

तिमी सधैँ सफल रहू शुभकार्य गरी ,

सुखशान्ति सधैं  मिलोस् यात्रा जीवनभरि ।   

प्रकाशित: ३ फाल्गुन २०७७ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App